Logo

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ६ बजेलाई तय



काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ आज साँझ ६ बजेलाई तय भएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई आज संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् । त्यसको लागि अहिले देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रालय बाँडफाँडबारे छलफल चलिरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्