Logo

सरकारबाट बाहिरिनु परेकोमा मलाई रत्तिभर पनि चिन्ता छैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको बताएका छन् । अहिले सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई रत्तिभर पनि चिनता छैन् । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’

ओलीले आफ्नो नेतृत्वमा देशले चौतर्फी ढंगले विकास, परिवर्तन र रुपान्तरण अनुभुत गरेको पनि दाबी गरे । उनले भने,‘मेरो नेतृत्वको सरकारमा जनताले राहत महशुस गरे । आफ्नो कामप्रति म ढुक्क छु ।मलाई कुनै पनि चिन्ता छैन् ।’ उनले संविधानको अपव्याख्या गरी संविधानको संशोधन गरिएको पनि टिप्पणी गरे । उनले भने,‘आसन्न राजनीतिक विकृति र जोखिम प्रति मेरो चिन्ता हो।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot