Logo

बीएमसीले सुनील शेट्टीको भवन सिल गर्नुको यस्तो छ कारण



एजेन्सी, २९ असार । बलिउड अभिनेता सुनील शेट्टी बस्दै आएको मुम्बईको पृथ्वी अर्पमेन्ट्सलाई बीएमसीले सिल गरेको छ। शेट्टीको भवनमा सिल गर्नुको कारण कोरोना हो ।

शेट्टी बस्ने उक्त भवनमा बस्ने धेरै व्यक्तिहरूमा कोरोना भाइरस संक्रमित रहेको भन्दै भवनलाई बिएमसीले सिल गर्ने निर्णय गरेको हो ।
सुनील शेट्टीको सम्पूर्ण परिवार सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

सुनील शेट्टी बस्ने भवनमा कोविड–१९को ५ जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएकोले सिल गर्न परेको जनाइएको छ । उक्त भवनमन ३० तला र १२० फ्ल्याट रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्