Logo

गृहमन्त्रीमा बालकृष्ण खाँणले सपथ खाँदै



काठमाडौं, २९ असार । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवासँगै काग्रेसबाट आज तीन जनाले सपथ लिन लागेका हुन् । राष्ट्रपतिको कार्यालय शितलनिवासमा अहिले केही बेरमा सपथ सुरु हुँदैछ ।

खाँणले गृहमन्त्रीको सपथ खाने पक्का भएको कांग्रेसनिकट स्रोतले जनाएको छ । उता, नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्ने भएका छन् । शर्माले अर्थ र भुषालले उर्जा मन्त्रीको सपथ खान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्