काठमाडौं, २९ असार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइ छाड्न सफल भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई बधाई दिएका छन् । उनले ट्वीटमार्फत् व्यङ्ग्य गर्दै देउवालाई निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री बनाई छाड्न नेपाल सफल भएको टिप्पणी गरेका छन् ।
बाँस्कोटाले परमादेश धारा अनुसार देउवा प्रधानमन्त्री बन्न सफल भएको भन्दै बधाई दिएका छन् ।
गोकुल बाँस्कोटाले ट्वीटरमा लेखेका छन्ः संबिधान शंसोधन गर्न लगाएरै भए पनि निर्ददलीय लोकतान्त्रिक ब्यबस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधब नेपाललाई र परमाधेश धारा अनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई!!!