Logo

निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५५ मात्र



काठमाडौं, असार ३० । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो ।

निषेधाज्ञा कडाइ भएका बेला ५० प्रतिशत रहेको दूधको खपत वृद्धि हुँदै हाल करीब ६५ प्रतिशत पुगेको छ । मानिसहरूमा कोरोना महामारीको त्रास कायमै रहेकाले बजारले लय समात्न लामो समय लाग्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।

डेरी उद्योग संघका अनुसार निषेधाज्ञाका समयमा डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशनलगायत औपचारिक क्षेत्रले काठमाडौं उपत्यकामा दैनिक ३ लाख लिटरको हाराहारीमा दूध विक्री गरिरहेका थिए ।

अहिले पनि दैनिक खपत करीब साढे ३ लाख लिटरको हाराहारीमा मात्र रहेको छ । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्र दैनिक ७ लाख लिटरभन्दा बढी दूधको खपत हुने गर्छ । होटेल रेस्टुराँ र विद्यालयहरूमा मात्रै दैनिक करीब ३ लाख लिटरभन्दा बढी दूधको खपत हुने गर्छ । अहिले यी क्षेत्रको खपत शून्यको अवस्थामा रहेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot