Logo

थप सात हजार योगदानकर्ता कोषमा आबद्ध



काठमाडौं, असार ३० । योगदानकर्ताले निवृत्तिभरण (पेन्सन) र अवकाशको सुविधा रोज्न पाउने सुविधाका कारण प्रदेश १ मा कोरोना सङ्क्रमण र निषेधाज्ञाको अवधिमा पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या उत्साहजनक भएको छ । कोषमा योगदान गर्ने श्रमिकले पेन्सन वा अवकाश दुवै सुविधा लिन पाउने प्रावधान सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा समेटिएपछि योगदानकर्तामा उत्साहित भएका हुन् ।

प्रदेश १ मा गत वैशाख १४ गते कोषको एकाइ कार्यालय विराटनगरमा स्थापना गरिएको थियो । लगत्तै निषेधाज्ञा सुरु भए पनि यसबीचको अवधिमा मात्रै सात हजार १२७ योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा मात्रै रोज्न पाउने बाध्यकारी नियमलाई सामाजिक सुरक्षा योजना सञ्चालक कार्यविधि २०७५ को दोस्रो संशोधनबाट सच्याइएको थियो । गत माघ २९ गतेबाट संशोधनसहितको कार्यविधि कार्यान्वयनमाआएको थियो ।

कोषको प्रदेश १ स्थित एकाइ कार्यालय विराटनगरका संयोजक महेश प्रधानका अनुसार प्रदेश १ मा एक हजार ८६० रोजगारदाताले २६ हजार ८९२ योगदानकर्तालाई सूचीकृत गराएका छन् । विराटनगरमा एकाइ कार्यालय स्थापना भएपछि रोजगारदाता र योगदानकर्ता सूचीकृत हुनेको सङ्ख्या बढ्दै गएको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot