Logo

गैँडाको आक्रमणबाट महिला घाइते



चितवन, ३० असार: पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot