Logo

ओली सरकारले गरेको असंवैधानिक नियुक्तीको खारेजी गर्न प्रधानमन्त्री देउवालाई पौडेलको सुझाव



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमाफै उनले यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन्–‘आम नागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृतिको विकल्प बन्नुपर्छ । आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टीले अबको सरकार ओली प्रवृतिको विकल्प बन्नुपर्छ । भ्रष्टचारलाई शुन्यसहनशिलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्छ । भ्रष्टचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छाँयाबाट मुक्त गराउनुपर्छ ।’

अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तीको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्ने पनि पौडेलको भनाई छ । उनले भनेका छन्–‘सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आम नागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ । संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ । आज बनेको सरकार लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot