Logo

ज्योतिष सुरेन्द्रचन्द्र रिजालको दाबी : प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, उहाँको राजयोग छ (भिडिओसहित)



काठमाडौं, ३१ असार । ज्योतिष सुरेन्द्रचन्द्र रिजालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग राजयोग रहेको खुलासा गरेका छन् । आफूले २०७७ सालको बैशाख १ गते नै शेरबहादुर देउवालाई आकस्मिक लाभ र पुष्पकमल दाहाललाई धोका हुने सम्भावना रहेको भविष्यवाणी गरेको पनि उनले खुलाए । र, आफूले २०७७ कै बैशाख १ गते स्वास्थ्यमा समस्या आउने बताएको र ती सबै भविष्यवाणी लगभग मिलेको उनको दाबी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले देउवालाई प्रत्यक्ष संगत गरेको धेरै वर्ष भएको पनि जानकारी दिए । उनले आफूले देउवालाई पटक पटक प्रधानमन्त्री बन्ने भनेर भनेको सुनाए । तर, ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेर आफूले नबोलेको उनको भनाई छ । उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पनि पाउने दाबी गरे । उनले माधव नेपालसहितको गठबन्धन नफुट्ने दाबी गरे । उनले प्रधानमन्त्री देउवा र माधव नेपालबीच राम्रो सहकार्य चल्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्