Logo

स्वावलम्बन लघुवित्तको लिलामी शेयर बाँडफाँट



काठमाडौं, ३१ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर आज बाँडफाँट भएको छ ।

संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयर बिक्रि खुल्ला गरेकोमा ५३ हजार १ सय मात्र कित्ता शेयर भएको छ भने १ लाख ३६ हजार ५५३ कित्ता शेयर वितरण हुन सकेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल पेश गर्न आह्वान गरेको थियो । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्