Logo

घातक रोगको उपचारवापत एनआईसी एशिया बैंकद्वारा १० लाख भुक्तानी



काठमाडौं, ३१ असार । न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत एनआईसी एशिया बैंकले १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापाका गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको बंैकले जनाएको छ ।

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,’ उनले भने ।

बैंकको अनुसार बीमा सहितको निक्षेप योजना अन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहकले बीमा वापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्