Logo

माधव नेपाललाई कांग्रेसमा प्रवेश गर्न केशब बडालको सुझाव (भिडिओसहित)



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का नेता केशब बडालले माधव नेपालले पार्टीमाथि गम्भीर घात गरिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘एउटै पार्टीमा रहेर कसैले पनि घात गर्न मिल्दैन् ।’ आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्रको विवाद मिलाउनको लागि धेरै मेहनत गरिएको पनि स्मरण गराए ।

उनले नेता नेपाल कार्यदलको दश बुँदे सहमतिविरुद्ध पनि ठाडै जाईलागेको पनि आरोप लगाए । उनले भने,‘माधव नेपालले पार्टीलाई धोका दिनुभएको हो । अप्ठ्यारोमा पार्न लामै समयदेखि प्रयत्न गर्नुभएको हो । तर, बीचमा कारबाही पनि भयो । फुकुवा पनि भयो । कार्यदल पनि बनाईयो । तर, कार्यदलको भावनाविपरित अघि बढ्नुभयो ।’ एमालेलाई सिध्याउनको लागि माधव नेपालले न्वारानदेखि बल लगाएको उनको भनाई छ ।

उनले माधव नेपाललाई कांग्रेसमा प्रवेश गर्नसमेत सुझाव दिएका छन् । उनले भने,‘उहाँले अब कि लाउ माया मैतिर, कि लाउ उहीतिर, ए निर नलाउ दुई तिर भनेझैं, कि उहाँ एमालेमै रहने हो भने अनुशासनमा बस्नुपर्यो, होईन भने कांग्रेसमा प्रवेश गरे भैगयो नि ।’



प्रतिक्रिया दिनुहोस्