कञ्चनपुर, ३१ असार । बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका १० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको जनाएको छ । साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।