Logo

तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक



काठमाडौँ, ३१ असार: तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।

बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् । जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १३८ रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot