Logo

माधव पक्षसहित ओलीले डाकेको संसदीय दलको बैठकमा वार कि पार हुनसक्ने



काठमाडौं, ३१ असार । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले भोलि महत्वपूर्ण बैठक डाकेका छन् । उनले साउने संक्रान्तिको दिन पारेर संसदीय दलको बैठक डाकेका छन् । बैठकमा माधवकुमार नेपाल पक्षीय सांसदहरु पनि बोलाइएका छन् ।

आफूलाई सत्ताबाट हटाउन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने २३ जना सांसदलाई पनि ओलीले बैठकमा बोलाउनुलाई अर्थपूर्ण मानिएको छ । उनले उक्त बैठकमा वार कि पारको निर्णय लिने बुझिएको छ ।

ओलीले भोलिको बैठकका लागि विशेष तयारी समेत गरेका छन् । उनले आफू पक्षीय नेताहरुसँग परामर्श समेत गरेको बुझिएको छ ।

२३ सांसदमध्ये को को आफ्नो पक्षमा रहने वा नरहने टुंगो लगाउने गरी ओली बढ्ने तयारीमा पुगेका छन् । उनले कित्ता काट गर्ने गरी टुंगो लगाएर निर्णय लिने बुझिएको छ ।

भोलिको बैठक प्रतिनिधि सभा बैठक ३ साउनका लागि डाकिएको अवस्थाबीच राखिएको हो । प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमै विश्वासको मत लिने तयारी थालेका छन् । त्यतिबेला एमालेको माधव पक्षीय सांसदको भूमिका निर्णायक हुनसक्छ । २३ सांसदको भूमिकाले दुरगामी असर पार्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot