Logo

देउवाको ढङ्ग छैनः रवीन्द्र मिश्र



काठमाडौं, ३१ असार । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवाको ढङ्ग नभएको टिप्पणी गरेका छन् । उनले अन्तर्राष्ट्रिय कुटनीतिमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग नभएको भन्दै नेताहरुको आलोचना गरेका हुन् ।

देउवा प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्त बधाई मात्र नभई भ्रमणको निम्तो समेत आउँथ्यो भन्दै पछिल्लो समय सम्मान नै हुन छाडेको टिप्पणी गरे ।

मिश्रले भुतपूर्व प्रधानमन्त्रीहरु विदेशी कुटनीतिज्ञलाई भेट्न होटलमा लाइन लागेको र संकट पर्दा दिनदहार्ड विदेशी दुतावास धाउने गरेको आज ट्वीटरमा लेखेका छन् ।

मिश्रले लेखेका छन्ः नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। नहोस् पनि कसरी?

जुन देशका प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउँछन्, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कुटनितिज्ञलाई भेट्न होटेलमा लाइन लागेर उभिन्छन्, नेताहरू देशमा संकट पर्यो कि दिनदाहडै विदेशी दुतावास धाउँछन्, विदेशी राजदूतहरू नेताका घरघर पुग्छन्, अन्तराष्ट्रिय कुटनीतिमा तिनको सम्मान हुनै सक्दैन।
जसको इज्जत हुन्छ, त्यसलाई मात्र इज्जत गरिन्छ। यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ।
चार पटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन। अरुको के कुरा गर्नु!



प्रतिक्रिया दिनुहोस्