Logo

सवारी साधनलाई अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न दिइने



काठमाडौं, ३१ असार । सरकारले अत्यावश्यक काम विशेषले सवारी साधनलाई उपत्यका प्रवेश गर्न दिने भएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी उपत्यका प्रवेश गर्ने सवारी साधनलाई खुकुलो गर्ने निर्णय गरेको हो ।

निर्णय पछि जारी सुचनामा भनिएको छ, ‘अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवत जावत गर्न दिइनेछ ।’

काठमाडौ, ललितपुर र भक्तपुरका प्रजिअको आजको बैठकले उपत्यकामा बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा यथावत राख्दै १० दिन थप गरी साउन १० गतेसम्मको लागि लम्ब्याउने निर्णण गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्