Logo

माधव नेपालले रावल र पाण्डेलाई भनेः म ब्याक हुन्नँ, तपाईँहरु जे गर्नुहोस्



काठमाडां, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ब्याक नहुने बताएका हुन् । तपाईंहरु आफ्नो निर्णय लिनुहोस्, म चाहिं ब्याक हुन्नँ, स्रोतले उनको भनाई उदृत गर्दै भन्यो ।

रावल र पाण्डेले अझै पनि एमाले एकताका लागि पहल गर्ने विषयबारे छलफल गर्न खोजेपछि नेपालले कडा जवाफ दिएका हुन् । नेता नेपालले ओलीसँग सहकार्य गर्ने ढोका बन्द भइसकेको समेत बताएका थिए ।

पछिल्लो समय माधव नेपाल समूहमा देउवालाई समर्थन गर्ने या नगर्ने विषयमा विवाद बढेको छ । नेपाल ब्याक नहुने पक्षमा छन् । रावल, पाण्डे र बिष्ट भने सहमतिका लागि अझै प्रयास गर्नुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot