Logo

सेञ्चुरी कमर्सियल बैंकको कामु सिईओमा न्यौपाने



काठमाडौं, १ साउन । सेञ्चुरी कमर्सियल बैंकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकबाट न्यौपाने कामु मा नियुक्त भएका हुन् ।

बैंकको अनुसार कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्