Logo

नेप्सेद्वारा अरुण भ्यालीको हकप्रद शेयर सुचीकृत



काठमाडौं, १ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सुचीकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ५२ लाख ४१ हजार १८७ कित्ता शेयर आज सुचीकृत भएको हो ।

कम्पनीले बैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद शेयर वितरण हुन नसकेका ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद शेयर फेरी लिलामी बिक्रि खुल्ला गरेको थियो । हकप्रद शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot