Logo

एमाले बैठकमा माधव नेपाल पक्षीय यी नेता पुगेर फर्किए



काठमाडौं, १ साउन । नेकपा एमाले स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु अकस्मात् पुगे । एमाले एकताका लागि मध्यमार्गी भूमिका निभाइरहेका नेताहरु पुगेका हुन् ।

बैठक चलिरहँदा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु घनश्याम भुसाल र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पुगेका थिए । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

बैठकमा सहभागी नभएपनि रावलसहितका नेताहरुले स्थगनको आग्रह गरेका थिए । उनीहरुले रोक्न माग गरेपनि नरोक्ने बताएको नेता रावलले बताए ।

पार्टी एकताका लागि आफूहरुले बैठक स्थगनको माग राखेको रावलले बताए । कार्यदलको संयोजकको हैसियतले कुरा राख्न पाउनुपर्ने भनेपछि ओलीले अनुमति दिएका थिए । तर, माइन्युटमा हस्ताक्षर गर्नुपर्ने शर्त राखेपछि नमानेको स्पष्ट पारे ।-तस्बिर स्रोतः सञ्जिव बगालेको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्