Logo

राष्ट्रपति भण्डारीले महान्यायाधिवक्तालाई शितलनिवासभन्दा अन्यत्र सपथ गराउन भनेपछि…



काठमाडौं, १ साउन । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितलनिवासमा नभई अन्यत्र सपथ गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले भनेपछि विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट नियुक्तिको सिफारिश गरेपछि राष्ट्रपति भण्डारीले उनको नियुक्ति गरेकी थिइन् । उनको सपथ राष्ट्रपतिको रहोवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो ।

राष्ट्रपति भण्डारीको भनाई उदृत गर्दै स्रोतले भन्यो, उहाँलाई अन्तै सपथ गराउनुहोला । यसअघिका महान्यायाधिवक्ता रमेश बडाललाई राष्ट्रपति भण्डारीको रहोवरमा प्रधानन्यायाधीश जबराले सपथ गराएका थिए । खातीलाई सपथ गराउँदा शितलनिवास बाहिर गराउन भनेपछि तरंग आएको छ ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले अस्वाभाविक व्यवहार देखाउन थालेको भन्दै आलोचना भइरहेको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्ति दिंदा संविधानको धारा उल्लेख नभएपछि विवाद उत्पन्न भएको थियो । सपथपछि भण्डारीले बधाई समेत दिइनन् ।



प्रतिक्रिया दिनुहोस्