Logo

ओलीले बैठक रोकेनन्, माधव पक्षविरुद्ध कडा कदम चाल्ने



काठमाडौं, १ साउन । नेकपा एमालेको मध्यमार्गी नेताहरुले प्रयास गर्दा पनि पार्टी एकता नजोगिने निश्चितप्रायः भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले कठोर कदम चाल्नकै लागि स्थायी कमिटी र संसदीय दलको बैठक डाकेका छन् । त्यसलाई रोक्न माधव नेपाल पक्षका केही नेताहरु बैठकस्थल ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान पुगेका थिए । तर, ओली रोकिएनन् ।

बैठकमा पुगेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम आचार्य पुगेका थिए । उनीहरुले बैठक रोक्न माग गरे । नेता रावलले आफूले कार्यदलको संयोजकको हैसियतले बोल्न पाउनुपर्ने माग गरेर बोलेका थिए । उनले पार्टी एकता बचाउन बैठक स्थगित गर्न भनेका थिए । तर, ओली रोकिएनन् ।

ओलीले बैठक आयोजना गरी प्रक्रिया मिलाएर माधव नेपाल पक्षीय नेताहरुमाथि कारबाहीको निर्णय गर्ने भएका छन् । आज स्थायी कमिटी र संसदीय दलको बैठकबाट कारबाहीको निर्णय लिन लागेको बुझिएको छ । त्यसैले बैठक रोक्न रावलसहितका नेताहरु पुगेका थिए । तर, सकेनन् ।

यसअघि नेता ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको अभिव्यक्ति दिएका थिए । बालकोटस्थित निवासको बार्दलीमा बसेर ओलीले कारबाहीको चेतावनी दिएका थिए ।-फाइल तस्बिर

 



प्रतिक्रिया दिनुहोस्