Logo

देउवाको विपक्षमा उभिन पार्टी पंक्तिलाई एमालेको निर्देशन, विश्वासको मतपछि निर्णय लिने



काठमाडौं, १ साउन । नेकपा एमालेले पार्टी पंक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा उभिन निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिएपछि सांसदहरुबारे आवश्यक निर्णय लिने ज्ञवालीले स्पष्ट पारे । सर्वोच्च अदालतले धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिए बमोजिम भएको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

एमालेको माधवकुमार नेपाल पक्ष देउवाको पक्षमा उभिएको छ । त्यसतर्फ संकेत गर्दै प्रवक्ता ज्ञवालीले विपक्षमा उभिन निर्देशन दिदै विश्वासको मत पछि निर्णय लिने बताएका हुन् । सर्वोच्चले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेकाले विश्वासको मत लिंदा ह्वीप नलाग्ने आदेश जारी गरेको छ । त्यसैले एमालेले देउवाले विश्वासको मत लिंदा ह्वीप नलगाउने संकेत समेत ज्ञवालीले गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot