Logo

काठमाडौंमा ७ हजार कोरोना संक्रमित उपचाररत



काठमाडौं, १ साउन । काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकामा घट्दै गएको संक्रमितको संख्या निषेधाज्ञा खुकलो गरेसँगै फेरी बढ्न थालेको हो ।

नेपालमा हिजो २६ सय ७६ जना संक्रमित नयाँ थपिएका हुन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र ५ सय ५३ जना संक्रमित थपिएका हुन् । २४ घन्टामा काठमाडौँमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार उपत्यकामा मात्रै २ लाख ७१ हजार २४६ संक्रमितको संख्या रहेको छ भने २ लाख ६० हजार ६९७ जना संक्रमण निको भएका छन् । उपत्यकामा हाल ७ हजार ६ सय ९३ संक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं जिल्लामा मात्रै १९ सय २१ जना संक्रमितको मृत्यु भएको छ भने ५४ सय ५८ जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, काठमाडौंमा २ लाख ९ हजार ३ सय ८९ जना संक्रमित मध्ये २ लाख २ हजार १० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, भक्तपुरमा कुल २२ हजार ९९९ जना सक्रमित मध्ये २१ हजार ५६५ जना निको भएका छन् भने ३७२ जनाको निधन भएको छ । मन्त्रालयको अनुसार १ हजार ६२ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ललितपुरमा हालसम्म ५६३ जनाको संक्रमणबाट मृत्यु भएको छ भने ११ सय ७३ जना संक्रमितको उपचार भैहरेको छ । त्यस्तै, मन्त्रालयको अनुसार ३८ हजार ८५८ कुल संक्रमित मध्ये ३७ हजार १२२ जनालाई निको भइसकेको छ ।

कोरोना संक्रमणबाट बिहीबार थप ३३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको छ । हाल नेपालमा संक्रमितको संख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्