केसर एक धेरै गुणकारी मसला हो । जसले हाम्रो स्वास्थ्यको लागि फाइदा पुर्याउछ । केसरमा अनेक प्रकारका पोषक तत्व पाइन्छन् । फाइबर, पोटासियम, आइरन, भिटामिन सी, ए, प्रोटिन पाइन्छ । यो क्रोकस स्याटीभर्स नामको फुलबाट प्राप्त हुन्छ । केसरको रंग र गन्धको कारण नै उसको लोकप्रिय भएको हो ।
केसर क्रोकस स्याटीभर्स स्याफ्रन फुलबाट तयार हुन्छ । यो स्वास्थ्यको लागि धेरै राम्रो हो । गर्भवती महिलाले केसरको प्रयोग गरेमा बच्चा सुन्दर हुन्छन् । केसरले सुन्दरतामा पनि निखारता ल्याउछ ।
विश्वका इरान, चाइना, इन्डिया, ग्रिस र मोरक्को, इटली स्पेनमा केसर सर्वाधिक उत्पादन हुन्छ । केसर धेरै प्रकारका पाइने हुनाले केसरको रंग र गुणस्तरको आधारमा मुल्य निर्धारण हुने गर्छ ।
१ किलोग्राम केसर उत्पादन गर्न १५ हजार देखि १६ हजार फुलको आवश्यक पर्छ । ती फुललाई १२ घन्टा सुकाएपछि मात्र उत्पादन गर्न सकिन्छ । ३७० देखि ४७० घन्टासम्म केसर उत्पादन गर्न समय लाग्छ । यसमा मजदुरले बनाउने भएकोले अत्यधिक महंगो पर्न गएको हो । १ किलोग्राम केसरको मुल्य भारतीय १ लाख देखि ३ लाखसम्म रुपैयाँ पर्छ । १ सय ग्राम केसरको ३० हजार भारतीय रुपैयाँ पर्छ । केसरलाई कस्मेटिक र औषधिमा पनि प्रयोग गरिन्छ ।
केसरका यस्ता छन् फाइदा
- केसर आँखाको रोशनीको लागि धेरै लाभदायक हुन्छ ।
- यसमा भएको एन्टी इन्फ्लेमेटेरी गुणले रेटीनामा भएको थकानलाई कम गर्छ ।
यसले क्यान्सर जस्ता घातक रोगलाई लाभदायक हुन्छ । - केसरमा बनाउन प्रयोग गरिएको फुल क्रोसिनले कोलोरेक्टल क्यान्सर कोशिकाहरुलकाई बढ्नबाट रोक्छ ।
- मस्तिष्क स्वास्थ्यको लागि लाभकारी हुन्छ ।
- एक दिनमा ३० किलोग्राम केसरको सेवनले अल्जाइमरमा सुधार गर्नेछ ।
- पाचन शक्ति बढाउन, अनिन्द हटाउन, पोलेको घाउ ठिक पार्नमा एक महत्वपुर्ण भुमिका निभाउछ ।