Logo

एमालेको निर्णयः देउवालाई विश्वासको मत नदिन सांसदलाई निर्देशन (विज्ञप्तिसहित)



काठमाडौं, १ साउन । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधि सभा सदस्यहरुलाई निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकले एमालेको विद्यमान समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरेको प्रस्तावलाई अनुमोदन गरेको छ । तर, कार्यदललाई विघटन समेत गरेको छ । यो निर्णयसँगै नेकपा एमालेभित्र फुट निश्चितप्रायः भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot