Logo

सरकारी कर्मचारीको तलब वृद्वि



काठमाडौं १ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्।

यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।

२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो । सरकारले २ वर्षदेखि तलब सुविधा बढाएको थिएन। आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्‍याएको हो।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot