Logo

मौद्रिक नीति ढिलो आउने संकेत



काठमाडौं, साउन २। सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् ।

अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामीले छिट्टै मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेटिएको श्वेतपत्र ल्याउछौं ।’

अर्थमन्त्री शर्माका अनुसार मन्त्रालयले हालसम्मको अर्थतन्त्रको समग्र अवस्था र आगामी कार्य योजनासहितको भिजन समेटेर श्वेतपत्र ल्याइनेछ । उनले हालसम्म आर्थिक अवस्थाको सूचकांकले देखाएको स्थितिलाई श्वेतपत्रमा समेटिने जानकारी दिए ।

मन्त्री शर्माले मातहतका मन्त्रालयका सचिव र सम्बन्धित विभागका कर्मचारीलाई श्वेतपत्रको तयारी गर्न आग्रह गरिसकेको जानकारी गराउँदै आगामी श्वेपतत्रलाई आधार बनाएर सरकारको रणनीति तय हुने बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत १५ जेठमा ल्याएको नयाँ बजेट अध्यादेश आगामी आइतबार प्रतिनिधिसभामा टेबुल हुने जानकारी दिए ।

बजेट अध्यादेश अब संसद्को बिजनेस भएको बताउँदै अर्थमन्त्री शर्माले सो अध्यादेशबारे संसद्ले नै आवश्यक निर्णय गर्ने बताए । सर्वोच्च अदालतबाट पुनस्र्थापित संसद् बैठक आगामी ३ साउनमा बोलाइएको छ । सोहीअनुरूप आगामी आइतबार अपराह्न ४ बजेदेखि दुवै संसद्को बैठक बस्ने छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्