Logo

ओलीले साउन ४ गतेलाई बोलाए केन्द्रीय कमिटी बैठक, भोलि स्थायी कमिटी बैठक



काठमाडौं, २ साउन । नेकपा (एमाले) ले यही साउन ४ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकले पर्सीको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीभित्रको विवाद बढिरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

भोलिको बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने र केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिनेबारे निर्णय गर्ने जनाईएको छ । भोलिको स्थायी कमिटी बैठकमा सहभागी हुनको लागि माधव नेपाल पक्षलाई पनि निम्तो दिईएको छ ।

हिजोमात्रै एमालेको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन । लगत्तै, संसदीय दलको बैठकपनि बसेको थियो । उक्त बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन । अब भोलिको बैठकमा नेपाल पक्ष सहभागी हुन्छ वा हुँदैन, त्यो भने हेर्न बाँकी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot