Logo

देउवा भर्सेस ओली, को कता (विवरणसहित)



काठमाडौं, २ साउन । नेकपा हुँदै नेकपा एमालेभित्रको शक्ति संघर्षले विभाजनको अवस्था मात्र ल्याएन तिव्र राजनीतिक ध्रुवीकरण समेत बनाएको छ । कुनैबेला भित्री रुपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यु टर्न भए । प्रधानमन्त्री बन्ने भएपछि उनी ओलीबाट टाढिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्य गर्न पुगे । उनीहरुले गठबन्धन नै गरेर ओलीलाई सत्ताबाट हटाउन सके ।

ओली सत्ताबाट हट्नु अघि नै राजनीतिमा ध्रुवीकरण भएको थियो । विचारले भन्दा पनि व्यक्तिको विषयले ध्रुवीकरण भयो ।

कुनैबेला ओली भर्सेस प्रचण्ड हुँदै ओली भर्सेस माधवकुमार नेपाल बनेको राजनीति अब ओली भर्सेस देउवामा परिणत भएको छ ।

यतिबेला सत्ताबाट रहेका ओलीको साथमा नेकपा एमालेको ठूलो पंक्ति छ । झण्डै ७० देखि ७५ प्रतिशत एमालेको शक्ति ओलीसँग छ । जनता समाजवादी पार्टीको आधा शक्ति उनीसँगको गठबन्धनमा छ । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर ओलीको साथमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको कमल थापा समूह उनको साथमा छन् ।

देउवालाई सिंगो नेपाली काँग्रेसको साथ छ । काँग्रेसभित्रको विरोधी समूहले नै देउवालाई प्रधानमन्त्रीका लागि बढ्न दबाब दिएका थिए । बारम्बार दबाब दिएपछि उनी बढ्न वाध्य भए ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता हस्ती नेताहरुको साथ छ । उनीहरुकै रणनीतिक पहलमा देउवा प्रधानमन्त्री बन्न सफल भए । नत्र उनी प्रधानमन्त्री बन्न तयार थिएनन् । देउवाले ओलीलाई चुनौती दिने साहस गरेका थिएनन् । प्रचण्ड र माधव नेपालले बारम्बार भेटेर हौस्याएका थिए ।

देउवालाई जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमोर्चा नेपालको पनि साथ छ ।

देउवालाई साथ
नेपाली काँग्रेस
नेकपा माओवादी केन्द्र
नेकपा एमालेको माधव नेपाल गुट
जसपाको उपेन्द्र यादव गुट
राष्ट्रिय जनमोर्चा
राप्रपाको प्रकाशचन्द्र लोहनी गुट

ओलीलाई साथ
नेकपा एमालेको ओली पक्षीय गुट
जसपाको महन्थ ठाकुर गुट
राप्रपाको कमल थापा गुट



प्रतिक्रिया दिनुहोस्