काठमाडौं, ३ साउन। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराईसकेका छन् । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने नेकपा (एमाले) ले आजै विश्वासको मत नलिन आग्रह गरेको छ । file photo