Logo

नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा



काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा आएको छ ।

यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १२ सय २१ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी शेयर खरिदका लागि साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot