काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप खरीद प्रक्रियालाई अघि बढाउँदै खोप केन्द्रहरु बढाउन निर्देशन दिएका छन् । आज (आइतबार) प्रधानमन्त्री देउवाले सिंहदरवारमा स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर निर्देशन दिएका हुन् ।
यसअघि, प्रधामन्त्री देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिवलगायतसँग खोप खरीद प्रक्रियालाई चुस्त बनाउन निर्देशन दिएका थिए ।