जलेश्वर, ३ साउन: जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतले आर्थिक वर्ष २०७७-०७८ मा कूल तीन हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा गत असार २५ गते सम्ममा एक हजार ७४३ मुद्दा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताए ।
यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने-डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।
यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिए ।-रासस/File Photo