Logo

भीम आचार्यको टिप्पणी : प्रधानमन्त्री देउवाले एमाले फुटाउने षड्यन्त्र गर्नुभयो, विश्वासको मत लिन कित हतार ?



काठमाडौं, ३ साउन । नेकपा (एमाले) का सचिव भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन गर्ने षड्यन्त्र गरेको दाबी गरेका छन् । वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका नेता आचार्यले पत्रकारहरुसँग यस्तो टिप्पणी गरेका हुन् । उनले आफूहरु पार्टी एकता गर्नेगरि अघि बढेको बेलामा प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन हतार गर्नुको पछाडि एमाले विभाजन गर्ने षड्यन्त्र भएको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने भनेर पार्टीले निर्णय गरिसकेको अवस्था रहेको पनि सुनाए ।

आचार्यले अघि भने,‘१० बुँदे सहमति भएको छ । आधार बनाएर दुई नेताबीच कुराकानी गर्ने । पार्टी एकताको कामलाई असाध्यै छिटो टुँग्याउनुपर्छ भनेर हिजो हामीले अध्यक्षसँग कुरा गर्यौं । आज वरिष्ठ नेताजीसँग कुरा गरेको हो । यही बीचमा संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा आएको छ । यस सन्दर्भमा पार्टीमा र यो टिममा पनि छलफल भएको छैन् । मनलाग्दी ढंगले कुनै व्यक्तिले निर्णय गर्छ भने त्यो व्यक्तिगत कुार हुन्छ । समूहको पनि यो कुरा हुँदैन् । आज हतार गरेर लिनुपर्ने किन ? हतार हतार विश्वासको मत यो जुन लिईँदैछ, यो नेकपा एमाले विभाजन गराउनको लागि कुत्सित षड्यन्त्र हो । जबकी हामी दश बुँदे सहमतिपछि एमालेले भोट हाल्दैनौं भनेका छन् । पार्टी फुटाउने निर्णय ।” file photo



प्रतिक्रिया दिनुहोस्