Logo

देउवाले संसदको दोस्रो बैठकमा विश्वासको मत लिने



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्दै छ । त्यसपछि बस्ने बैठकमा मात्र देउवाले विश्वासका मत लिनेछन् । विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद सचिवालयमा दर्ता भइसकेको छ । प्रधानमन्त्री देउवाको पक्षमा नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल पक्षको २३, जसपाको उपेन्द्र यादव पक्षधर १८ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्