Logo

शंकर पोखरेलले भने : तीन महिनाको मेहनत खेर गयो



काठमाडौं, ३ साउन । नेकपा (एमाले) को एकता प्रयास खेर गएको छ । यसअघि विवाद समाधानको लागि गठित कार्यदलमा रहेका सदस्य शंकर पोखरेलले तीन महिनाको मेहनत खेर गएको टिप्पणी गरेका छन् । कार्यदले पार्टी एकताको लागि १० बुँदे प्रस्ताव अघि सारेको छ ।

कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवैलाई छुट्टाछुट्टै भेटेर बुझाईसकेका छन् । तर, कार्यदलमा रहेर काम गरिसकेका नेता पोखरेलले कार्यदलको प्रतिवेदनमा माधव नेपालले असहमति जनाएको खुलासा गरेका छन् ।

आजमात्रै उनीहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-“माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot