काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज बस्ने संसद बैठकको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूचि छ ।
कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्वासको मत लिने प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद् सचिवालयमा दर्ता गराईसकेका छन् । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि विश्वासको मत दिने भएको छ। तर, यो समूहले बैठक राखेर भने निर्णय गरिसकेको छैन् ।
भीम आचार्यले आफूहरुले विश्वासको मत दिनेबारे निर्णय नगरेको स्पष्ट पारेका छन् । वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि कुनै अलमल नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । File Photo