Logo

काठमाडौंबाट १८ जुवाडे पक्राउ



काठमाडौं, ३ साउन । तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । काठमाडौं २१ भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका २२ सुन्धार बस्ने २७ वर्षीय मिलन बहादुर मगर लगायत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३० हजार ६ सय रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी काठमाडौं बालाजु चमती कल्याणनगरस्थित कमल बम मल्लको ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १७ बस्ने माधव महत लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरोमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३८ हजार ४ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्