Logo

एमाले आजबाट औपचारिक विभाजनतर्फ, हस्तीहरु को कता (विवरणसहित)



काठमाडौं, ३ साउन । ‘नेकपा एमाले फुटाउने षड्यन्त्र भो !हतार गर्दै आजै विश्वासको मत लिनेको उद्देश्य यही हो !’ कोटेश्वरमा भीम आचार्य माधवकुमार नेपालका सामु त्यसै कुर्लिएका होइनन् । आज विश्वासको मतको पक्षमा मतदान गर्नेलाई पार्टीबाट निष्काशन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकबाट गराइसकेका छन् ।

आज विश्वासको मतको पक्षमा को को सांसदले मतदान गर्ने हुन् ? चासोको विषय बनेको छ । ज जस्ले विश्वासको मतको पक्षमा मतदान गर्छन् र भूमिका खेल्छन् त्यो त्यो निष्काशनमा पर्न सक्छन् । निष्काशन हुनेको छिनोफानो विश्वासको मतपछि थाहा हुनेछ ।

नेकपा एमालेभित्र यतिबेलासम्म विश्वासको मतको पक्ष र विपक्षमा भएकाको लगभग नाम आइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने एमालेमा नरहेको मानिने बताइसकेका छन् । ओलीको साथमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल जस्ता हस्ती नेताहरु छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामेदव गौतम र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल देखिएका छन् । उनको पक्षमा रहेका केही पदाधिकारी भने पछिल्लो समय तटस्थ भूमिकामा देखिन थालेका छन् ।

उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य तटस्थ देखिन थालेका छन् । उनीहरु ओलीसँग संघर्ष गर्दा गर्दै माधव नेपालसँग पनि असन्तुष्ट बनेका छन् । एमाले एकताको पक्षमा उभिएका यी हस्तीहरुको भने केही लागेन ।

ओली पक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
सुवास नेम्वाङ
शंकर पोखरेल

नेपाल पक्ष
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
अष्टलक्ष्मी शाक्य
घनश्याम भुसाल
अमृतकुमार बोहरा

तटस्थ
भीम रावल
सुरेन्द्र पाण्डे
गोकर्ण बिष्ट
योगेश भट्टराई
भीम आचार्य



प्रतिक्रिया दिनुहोस्