Logo

प्रहरीलाई हातपात गर्ने युवक पक्राउ



भक्तपुर, ३ साउन । प्रहरीलाई हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्