Logo

एकनाले भरुवा बन्दुक सहित पक्राउ



पाँचथर, ३ असार । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । फिदिम नगरपालिका ९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त भरुवा बन्दुक लोड गरी लिई सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी नवमिडाँडाबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot