Logo

भारतमा हालसम्म ४० करोड डोज कोरोनाविरुद्धको खोपको प्रयोग



एजेन्सी, ३ साउन । भारतले कोरोना भाइरसविरुद्धको खोपमा नयाँ रेकर्ड बनाएको छ । त्यहाँ हालसम्म ४० करोड भन्दा बढी डोज खोप लगाइएको तथ्यांक छ ।

भारतको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार अहिलेसम्म भारतमा ४० करोड ४९ लाख भन्दा बढी कोरोना खोप डोज प्रयोग भइसकेको छ गएको एकदिनमा नै ५१ लाख भारतीय नागरिकले खोप लगाएका छन् । १८ वर्ष माथिका उमेरसमुहलाई खोप अभियान १६ जनवरीबाट सुरु भएको थियो ।

आंकडा अनुसार भारतको कुल जनसंख्या मध्ये १८ वर्ष माथि उमेर समुहका एक तिहाई भन्दा धेरैले खोप लगाइसकेका छन् । त्यस्तै, हालसम्म २५।२ प्रतिशत मानिसहरुले कोरोनाको एक डोज लिएका छन् भने बाँकी २ तिहाई मानिसहरुले खोपको पहिलो डोज लगाउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्