Logo

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज, अब नियुक्ति के होला ?



काठमाडौं, ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को साउन २ को निर्णय अनुसार अध्यादेश खारेजको सिफारिश भए अनुसार भण्डारीले खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जनाएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज भएसँगै यसलाई टेकेर भएका नियुक्तिबारे के हुने हो चासो बनेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले दुईपटक गरी विभिन्न संवैधानिक निकायमा नियुक्तिहरु गरेको थियो ।

नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । आज अध्यादेश खारेज भएसँगै नियुक्तिविरुद्धको रिटमा अदालतमा विचाराधीन मुद्दा समेत प्रभावित हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्