Logo

संयमताका साथ सत्ता चलाएर देउवाले देखाउनुहुन्छः मीनेन्द्र रिजाल



काठमाडौं, ३ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले संयम भएर सत्ता चलाएर देखाउने बताएका छन् । उनले अहंकार र संविधानमाथिको पटक पटकको आक्रमण देखिएको भन्दै अबका दिनमा देउवाले सबैलाई मिलाएर सरकार सञ्चालन गर्ने बताए ।

प्रतिनिधि सभामा आज बोल्दै रिजालले भने,‘हामी वीपी कोइरालाका पार्टीका हौं, गणेशमानका पार्टीका हौं र गिरिजाप्रसाद कोइरालाका पार्टीका हौं । संयमताका साथ सबैलाई मिलाएर शेरबहादुर देउवाले सरकार चलाउनुहुन्छ ।’

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरेर प्रतिनिधि सभा पुनःस्थापना गरेकोमा सबैले स्वागत गर्नुपर्ने बताए । उनले केपी शर्मा ओलीले चलाएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई निरन्तरता दिने भन्दै विश्वासको मत दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot