Logo

उच्च शिक्षामा त्रिविको पृथक् पहिचान



काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पृथक् पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएको बताएका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त रहँदा पनि विश्वविद्यालयले वैकल्पिक विधिको प्रयोग गरी आफ्नो शैक्षिक तथा अनुसन्धानसम्बन्धी गतिविधिलाई निरन्तरता दिएकोमा आफू हर्षित भएको उनले चर्चा गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको ६२औँ वार्षिक दिवस बैठकलाई आइतबार पठाएको शुभकामना सन्देशमा प्रम देउवाले कठिन परिस्थितिमा पठनपाठन र परीक्षाका नयाँ विकल्पको प्रयोगबाट उच्च शिक्षामा दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot