Logo

कांग्रेसमा मन्त्री बन्न दौडधुप



काठमाडौं, साउन ४ । प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन्।

गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले काम थाल्नेछ।’ कुन दलले कतिकति र कुनकुन मन्त्रालय लिने भन्ने टुंगो नलागे पनि यसमा ठूलो विमति नरहेको दाबी नेताहरूको छ।

अर्थ र ऊर्जासहित माओवादी केन्द्र असार २९ गते नै सरकारमा सहभागी भइसकेको छ। सत्ता साझेदार दलहरूबीचको सहमतिमा माओवादीले पाउने थप मन्त्रालय तोकिनेछ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot