Logo

दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं, ४ साउन । दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको हो ।

बैंकको अनुसार दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो योजना ०७८ साउन ३ देखि ०७८ साउन ७ गतेसम्म लागू हुने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot